खाद्य सामाग्री बितरण

बुटवल, असोज १९ । मन्डे एफ.सी. बुटवलले नेपाल अपाङ आश्रम देबीनगर बुटवलमा १ लाख भन्दा बढिको जिन्सि तथा खाद्य सामाग्री बितरण गरेको छ ।

आश्रममै आयोजीत कार्यक्रममा चामल,बिस्कुट,चिउरा,लगायतका खाधान्न सामान सहित ८ थान पलङ र कपडा बितरण गरिएको हो ।

मन्डे एफ.सी.ले करिब १ महिना अगाडी बुटवलमा सन्चालन गरेको प्रथम एफ.सी नेस्ले किटक्याट ओपन फुटसल टुनामेन्टबाट बचेको रकम तथा क्लबका सदस्यहरुको सहयोगमा उक्त सामाग्री बितरण गरिएको क्लबका अध्यक्ष दिलीप गलामी मगरले जानकारी दिए ।

क्लबका अध्यक्ष गलामीको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी मार्केटिङ प्रालीका अध्यक्ष बिकास पालीखे, क्लबका सदस्य एक नारायण काफ्ले लगायतले बोलेका थिए भने सन्चालन क्लबका सचिब मन्जिल बिश्वकर्माले गरेका थिए । यसैबिच क्लबले आश्रममा रहेका बालबालीका तथा बृद्धबृद्धाहरुलाइ खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको संयोजक सुरज थापाले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.