प्रहरी दिवसमा बुटवलमा सरसफाई

बुटवल असोज १९ । ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाईदै छ । विहिवार काठमाडौ लगायत देशभरका प्रहरी कार्यालयहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन ।

प्रहरी दिवसका अवसरमा शुभकामना दिदै प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले देश र जनताको शान्ति सुरक्षा निर्विकल्प र सम्झौता हुन नसक्ने भएको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल प्रहरीले जनमुखी, स्वच्छ र भेदभाव रहित सेवा उपलब्ध गराउँने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

प्रहरी दिवस बुटवलमा भव्यताका साथ मनाईएको छ ।
प्रहरी दिवसको अवसरमा बुटवलमा सरसफाइ अभियान समेत संचालन गरिएको छ ।

प्रहरी दिवसकै अवसरमा केन्द्र र जिल्लाहरुमा उत्कृष्ठ प्रहरीहरु नगदसहित पुरस्कृत भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.