बुटवल हुँदै घर फर्कनेहरुको भीड

बुटवल असोज १९ । हिन्दु नेपालीको प्रमुख चाड दशै नजिकिदै गर्दा पर्व मनाउन बुटवलबाट गाँउ फर्कनेहरुको भीड लागेको छ । बुटवल हुँदै गुल्मी पाल्पा अर्घाखाँची प्यूठान बाग्लुङ लगायतका पहाडी जिल्ला जानेहरुको घुइचोले टिकटका लागि बुटवल बसपार्कमा भिड लागेको छ । बुटवल हुँदै दशैमा मूलघर जानेहरुको घूईंचो भै सकेको छ ।

वसपार्कमा यतिवेला घर फर्कने यात्रुहरुको तांती देखीन थालेको छ । गाँउघरमा भने चहलपहल बढेको छ । उता गाँउका घर टोल देखि पसल बजारमा समेत चहलपहल बढेको गुल्मी हुँगा तल्लाडोम्मीका ज्ञानराज भण्डारीले बताए ।

यसैवीच राजधानी वाहिर जानेहरुको संख्या वढेसंगै काठमाडौंमा मानिसहरुको संख्या क्रमश: पातलिंदै गएको छ । बजारमा चहलपहल कम हुँदै गएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.