राष्ट्रसंघको महासचिवमा पोर्चुगलका एन्टोनियो गुटरेस पक्का

काठमाडौ। असोज २० । संयुक्त राष्ट्रसंघको आगामी महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस चयन हुनुहुने भएको छ ।

मनोनयनका लागि भएको गोप्य मतदानमा सुरक्षा परिषदका १५ सदस्यले गुटरेसको पक्षमा मतदान गरेपछि ६६ वर्षीय गुटरेस महासचिव पदमा पुग्ने पक्का भएको हो ।

उहाँसँगै अन्य ९ जना प्रतिस्पर्धी थिए । गुटरेसले आगामी वर्षको सुरुदेखि कार्यभार सम्हाल्नुहुने छ ।

उहाँले यसअघि सन् २००५ देखि २०१५ सम्म १० वर्षसम्म संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायको नेतृत्व गर्नुभएको थियो । सिरिया, अफगानिस्तान, इराकलगायत देशका नागरिक शरणार्थी बन्ने क्रम बढिरहँदा उहाँ सो निकायको प्रमुख हुनुहुन्थ्यो ।

गुटरेसले आफ्नो कार्यकालमा शरणार्थीलाई सक्दो सहयोग गर्न पश्चिमा राष्ट्रहरुलाई आग्रह गर्नुभएको थियो । उहाँ सन् १९९५ मा पोर्चुगलको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

रसियाका लागि राष्ट्रसंघीय दूत भिताली चुक्ररिनले महासचिव पदका लागि गुटरेस योग्य रहेको बताउनुभयो । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.