विचित्रको खेल,सुचना टाँस्ने तामेल्दार नै सम्पर्क विहिन

काठमाडौ। असोज २० । मुलुकमा के भैरहेको छ ?  चासो राख्ने सर्वसाधारण जनतालाई राम्ररी थाहा छ । यस्तो तमासा संसारमा अन्यत्र कमै हुन्छ । सामान्य जनतालाई भएको भए उहिल्लै कारवाही प्रकृया अघि बढ्थ्यो । जे गर्न चाहेको हो त्यो गरेरै छाडिन्थ्यो । तर कुरा सर्वोच्च अदालत र अख्तियारबीचको न पर्यो । विचित्रको खेल भैरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले फेरि म्याद (सूचना) बुझाउन खोजेको धेरै भयो । तर अख्तियार प्रमुख सम्म त्यो पुग्नै सकेको छैन ।

पछिल्लो पटक बुधवार  म्याद बुझाउन सर्वोच्च अदालतका तामेल्दारसहितको टोली जाने अख्तियार प्रमुख कार्कीको घर जान भनि हिडे । तर कार्कीको घर रहेको काठमाडौ १० नम्वर वडा प्रमुख चाहिने भएकोले वडा प्रमुख सरिता राई सम्पर्क विहिन भइन । घरमा सवै भाडामा बस्नेहरु मात्रै भएको भन्दै काम अघि बढेन ।

जसका कारण सुचना घरमा टास्ने योजना विफल भयो । बिहिवार फेरी सुचना टास्न सर्वोच्चको टोली जाने तय गरियो तर एकाएक सर्वोच्चकै तामेल्दार शम्भु खत्री सम्पर्कविहिन भए ।

सुचना टास्न जाने ब्यक्ति नै सम्पर्क विहिन भएपछि विहिवारको दिन पनि टर्यो । प्रहरीले खोजेपनि सम्पर्कमा आउन सकेका छैनन रे उनी । बुधवार सम्पर्क विहिन भएकी वडा प्रमुख सरिता राई विहिवार त कार्यालयमा आइन । तर तामेल्दार बेपत्ताजस्तै सम्पर्क विहिन ।

कहि नभएको चर्तिकला भैरहको छ । अव सरकारी कार्यालय बिदा हुन्छन । अनि दशैअघि काम हुदैन ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि अख्तियार प्रमुख कार्कीले बहसको म्याद बुझ्न मानेका छैनन । म्याद बुझ्न नमानेपछि सर्वोच्चले कार्कीको घरमा सूचना टाँस्ने निर्णय गर्यो तर त्यो पनि टर्दै आएको छ ।

प्रमुख आयुक्त कार्कीको नियुक्ति कानुन बमोजिम नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ मा रिट निवेदन हालेका गरेका थिए । सर्वोच्चले २०७१ असोज ८ मा खारेज गरेको उक्त रिट पुनरावलोकन हुने भएपछि खेलहरु बढ्दै गएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.