दशैमा सेनाले बस चलाउने

काठमाडौ,असोज २२ । दशैमा धेरै जसो गाँउ फर्केपछि सुनसान बन्दै गएको काठमाडौमा हुनुहुन्छ  र गाडि नचल्दा कामकाजमा जान आउन समस्या हुन्छ भन्ने चिन्ता लागेको छ ? यदि चिन्ता लागेको छ भने नआत्तिनुस तपाई पैसा नै नतिरी निशुल्क गाडिमा आउजाउ गर्न पाउँनुहुन्छ ।

हो दसैंको अवसरमा सर्वसाधारणलाई अप्ठ्यारो नपरोस र सुविधा होस भनेर नेपाली सेनाले राजधानीमा सवारीसाधन संचालन गर्ने भएको छ ।

महानवमी, टीका र एकादशीको दिन राजधानीका विभिन्न ८ वटा रुटमा सेनाले सवारीसाधन संचालन गर्ने सैनिक जनसम्पर्क कार्यालयले जनाएको छ ।

सेनाले नवमीको दिनमा ८ वटै रुटमा बिहान ११ र ४ बजे तथा एकादशीको दिन बिहान ६, ११ र ४ बजे सवारीसाधन संचालनको समय निर्धारण पनि गरेको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.