बुटवल । असोज २२ । त्रिशुली नदीमा वेपत्तामध्ये मोहन घिमिरेको शव भेटिएको छ । पुर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित बेपत्ता भएका तीन जना मध्ये मोहनको शव शनिबार तनहुँ पट्टीको देवघाट बगहीस्थित त्रिशुली नदीको किनारमा फेला परेको हो ।
त्रिशुली किनारमा शव देखेपछि स्थानीय माझीले प्रहरीलाई खबर गरेका र सँगै फेलापरेको परिचय पत्रका आधारमा उक्त शव मोहनको भएको पुष्टि भएको जिल्ला प्रहरी चितवनले जनाएको छ ।
चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडीसहित असोज ९ गते वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरे र उहाँका अर्का भाइ भने अझै फेला परेका छैनन । प्रहरीले वेपत्ताहरुको खोजी जारी राखिएको जनाएको छ ।