सुनसान सिंहदरवार, भुकम्पले भत्केको मुल दरवारमा झारपात र माकुराको जालो

काठमाडौ । असोज २३, दशै भित्रिदै गर्दा काठमाडौबाट अधिकाशं मानिसहरु बाहिरिएपछि काठमाडौ उपत्यका सुनसान जस्तै छ ।

विदामा सवै कर्मचारी घर गएपछि देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरवार त पुरै सुनसान बन्न पुगेको छ । विकास र दैनिक कामकाज लिएर भिड लाग्ने सिंहदरवारमा पुरै सुनसान अवस्थामा छ ।

कार्यालय खुल्दा भेटघाट कामकाज तथा प्रधानमन्त्रि मन्त्रि र सांसदहरु एवं कामकाजमा भ्याइनभ्याइ हुने कर्मचारीहरु कोही पनि नुहँदा सिहदरबारभित्र सन्नाटा जस्तै छ । अझ मुख्य भवन भत्केका कारण त्यहाँ त झारपात र माकुराका जालाहरुले भरिएको छ ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको सिंहदरबार भुकम्पका कारण जीर्ण त छ नै दशैको बेला भत्केका महलहरु पुरै चकमन्न जस्तै छन ।  सिंहदरबारलाई भत्काएर बनाउन चारदेखि पाँच वर्ष लाग्ने अनुमान छ ।

सिंहदरबार भत्किएर असरल्ल परेका इँटा र माटोसमेत पन्छाइएको छैन । छाना चुहिएर भित्तामा लेउ लागेको छ भने पर्खालमा बोटविरुवा उम्रिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.