काठमाडौ। असोज २३। यमनमा भएको हवाइ आक्रमणमा डेढ सय भन्दा बढीको मृत्यु भएको छ ।
घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् । सत्ताधारी हुथी विद्रोहीले साउदी अरबको गठबन्धनले आक्रमण गरेको आरोप लगाएको छ । तर साउदी गठबन्धनले आरोपको खण्डन गरेको छ ।
हूथीका आन्तरिक मामिलामन्त्री गलाल अल-राविसनका बुवाको अन्त्येष्ठिलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो । संयुक्त राष्ट्रसंघले घटनालाई भयानक भन्दै निन्दा गरेको छ ।