काठमाडौ। असोज २३। आइसीसी महिला बिश्वकप छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतवार हङकङमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली हङकङ संग ६ विकेटले पराजित भएको हो ।
टस जितेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा अल आउट हुदै ७७ रनको न्युन योगफल बनाएको थियो । नेपालका लागि निर्मला शाहीले ३२ बल खेल्दै सर्वाधिक १८ रन र कप्तान रुविना क्षेत्रीले १२ र रश्मी शर्माले ११ रन जोडे ।
नेपालका सात जना खेलाडीले दोहोरो अंक पुराउन सकेनन् ।
जवाफमा ७८ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र चार विकेट गुमाउदै पुरा गर्यो । नेपालले अर्को खेलमा थाइल्याण्ड संग प्रतिस्पर्धा गर्नेछ ।