वडादशैंको टिका र आशिर्वाद : ‘आयु, ऐश्वर्य, कीर्ति, ज्ञान र सम्मान मिलोस’

काठमाडौं । असोज २५ । वडादशैंको सवैभन्दा महत्वपूर्ण दिन विजयादशमी । मान्यजनबाट टीका र जमरा लगाउने तथा आर्शिवाद ग्रहणगरि  भब्यरुपमा मनाइदैछ ।

नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार टीकाका लागि उत्तम साईत मंगलवार विहान ८ बजेर ४५ मिनेटको हो । विहान देवी विसर्जन गरे पछि सबैले उत्तम साईतमा टिका लगाउने प्रचलन छ ।

वडादशैमा आफु भन्दा ठुला मान्यजनको हातबाट टिका ग्रहण गर्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । वडादशैको टिका लगाउने क्रम दिनभर र रातीसम्म पनि चलिरहन्छ ।

धार्मिक मान्यताअनुसार विजयदशमीको दिन माता दुर्गा भगवतीले दानवी शक्तिमाथि अर्थात असत्य, अन्याय र अर्थममाथि सत्य र धर्मको विजयको प्रतिकको स्वरुप तथा भगवान श्रीरामले अधर्मी एवं अत्याचारी राक्षस रावणमाथि विजय हासिल गरेकाले यो दिनलाई उत्सवकोरुपमा लिइको हो ।

यस्तै  भगवान श्रीरामले शुक्लपक्ष्ँ दशमीको दिन अधर्मी दानव रावणको बध गरि लोकको कल्याण  गरेका थिए भन्ने कथन भएकाले हिन्दु धर्मावलम्र्वीहरुद्धारा विजय दशमी भन्ने गरिएको हो ।

आशिर्वाद र अर्थ

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे,
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने,
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु होस् । दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस् । नहुष राजाको जस्तो ऐस्वर्य, वायुको जस्तो गति होस् । दुर्योधनको जस्तो मान अनि सूर्यका छोराकोजस्ता दान होस् । भीमको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान, विदुरकोजस्तो ज्ञान, नारायणको जस्तो कीर्ति र सम्मान होस् ।

यो आशिर्वाद पुरुषहरुलाई दिइन्छ ।

यस्तै महिलाहरुलाई भने

ॐ जयन्ती मंगला काली, भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोऽस्तुते । भनेर आशिर्वाद दिने गरिन्छ ।

दशैको टिका लगाउने क्रम केही क्षेत्र र समुदायमा पुर्णिमासम्म चल्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.