दशैको चहलपहल– कतै टिका लगाउँदै, कतै सकियो

बुटवल । असोज २६ ।हिन्दुहरुको महान चाड बडादशैको मुख्य दिन दशमीको टिका सकिए पनि दशैको चहलपलह सकिएको छैन ।

जाती परम्परा र क्षेत्रगत सस्कार अनुसार कतैकतै पुर्णिमा सम्म टिका लगाउने चलन छ । अरु भन्दा फरक काठमाडौको असनका तुलाधर समुदायले भने दशैको टिका एकादशीका दिन लगाउँछन ।

सुदुर तथा मध्य र पुर्वी नेपालमा दशैका दिन टिका लगाउनेहरुले एकादशीका दिन पनि आफुभन्दा ठुलाबडा तथा मान्यजनबाट टीका तथा जमरा ग्रहणगरि मनाउछन । काठमाडौं उपत्यका लगायतका भेगमा कोजाग्रत पूर्णिमासम्म टीका ग्रहणगरि आर्शिवाद लिने चलन छ ।

एकादशीका दिन पनि राजधानीका चोकहरुमा सर्वसाधारणहरु टीका ग्रहणका लागि जानेहरुको चलहपहल बढेको छ ।

दशैंमा सुनसान बनेको काठमाडौंमा चलह पहल बढेको छ । यातायातका साधनहरु बढी चलेका छन् भने दशैं मनाउन उपत्यका बाहिर गएकाहरु फर्किन थालेका छन् ।

दशैंमा लगाइने रातो अक्षता विजय पराक्रममको प्रतिक हो भने जमरा समृद्धिको प्रतिक मानिन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.