एन्टेनियो गुटेर्रेस राष्ट्रसङ्घको महासचिव

काठमाडौ । असोज २७। संयुक्त राष्ट्रसङ्घको महासभाले एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री गुटेर्रेसले आगामी सन् २०१७ जनवरी १ देखि राष्ट्रसंघको नेतृत्व सम्हाल्ने छन्।

राष्ट्रसंघिय शरणार्थी उच्च आयोगमा काम गरेका उनी नेपाल भ्रमणमा पनि आएका थिए ।

राष्ट्रसंघको महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.