साहित्य तर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलानलाई

काठमाडौ । असोज २७। साहित्य तर्फ यस बर्षको नोबेल पुरस्कार अमेरिकी गीतकार तथा कवि बब डिलानले पाएका छन ।

संगीतकार तथा गायकले नोवल  साहित्यतर्फको नोवेल पुरस्कार पाएको यो पहिलो पटक हो ।

डिलानलाई ‘महान अमेरिकी गीति परम्पराभित्रैबाट नौलो काव्यात्मक अभिव्यक्ति सृजना गरेका’ कारण नोवेल पुरस्कार प्रदान गरिएको निर्णायक समितिले जनाएको छ।

१९४१ मा जन्मिएका डिलान प्रतिभाशाली गायक, गीतकार, संगीतकार तथा लेखक हुन् ।

संगीतमा ग्रामी अवार्ड, गोल्डेन ग्लोब अवार्ड तथा एकेडेमी अवार्ड समेत पाइसकेका डिलानका १० करोडभन्दा बढी रेकर्ड तथा बिक्री भएको एजेन्सीहरुले जनाएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.