प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनीँया राष्ट्रपति सि जिङपिङ भेटवार्ता भारतको गोवामा

काठमाडौ । असोज २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको पर्यटकीय शहर गोवामा चिनीया राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नुहुनेभएको छ ।

शनिवार साँझ ६ बजेपछि हुने भेटवार्तामा दुइ पक्षिय हित र नेपाललाई चीनले गर्ने सहयोगका बिषयमा कुराकानी हुनेछ । त्यसक्रममा प्रधानमन्त्रीले चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता समेत दिनुहुनेछ ।

भारतको गोवामा हुन लागेको आठौ ब्रिक्स शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री दाहाल भोली भारत जाँनुहुने र दिउसो सम्मेलनमा सहभागी भएर साँझ भेटघाट गर्नुहुने प्रधानमन्त्रीका सहयोगीहरुले बताएका छन ।

आइतवारसम्म चल्ने सम्मेलनका क्रममा प्रधानमन्त्रीले ब्रिक्स सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुसंग भेटवार्ता गर्नुहुनेछ ।

ब्रिक्समा भारत, चीन, रुस, ब्रजिल र दक्षिण अफ्रिका सदस्य छन । गोवामा हुने ब्रिक्सको आठौ सम्मेलन शनिवार सकिनेछ ।

विमिष्टेकको अध्यक्षका रुपमा प्रधानमन्त्री सम्मेलनमा सहभागी हुनुहुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.