पद्मश्री साधना सम्मान वैरागी काइँलालाई

बुटवल। असोज २९ । वरिष्ठ साहित्यकार वैरागी काइँलालाई यो वर्षको ‘पद्मश्री साधना सम्मान २०७२’ प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले काईलालाई उक्त पुरस्कार शनिवार प्रदान गरेको हो । पुरस्कारको राशि २ लाख रुपैयाँ छ ।

यसैगरी यो वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ । ‘चीरहरण’ उपन्यासका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले नेपाली साहित्य संरक्षणका लागि प्रतिष्ठानले काम गर्दै जाने बताउनुभयो । मोफसलका उत्कृष्ट साहित्यिक कृतिलाई पुरस्कृत गर्ने गरी १० वर्षअघि खेमलाल हरिकला प्रतिष्ठान स्थापना गरिएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.