औचित्य पुष्टि भएमात्र संविधान संशोधन-ओली, एमालेको सहमति नभए दुइतिहाई पुग्दैन- देउवा

काठमाडौ। असोज २९ । नेकपा एमालेले विजयादशमी, तिहार, नेपाल संम्वत र छठ पर्वको सन्दर्भ पारेर शुभकामना तथा चियापान आदान प्रदान कार्यक्रम आयोजना गर्यो ।  राजधानीको धुम्वाराही स्थित शंखपार्कमा पुर्णिमाका दिन आयोजित शुभकामना तथा चियापान कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु,सासंदहरु, संवैधानिक अंग र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागि थिए ।

यसैगरी विदेशी कुटनितिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजिवीहरु, प्राध्यापक, कानून ब्यवसायी, उद्योगी-ब्यवसायी, कलाकार, संचारकर्मी, सर्वसाधारण तथा एमाले कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । पार्टीका तत्कालिन अध्यक्ष एव पुर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले शुरु गरेको चियापान समारोहलाई नेकपा एमालेले निरन्तरता दिदै आएको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता र औचित्य पुष्टी भए सविधान संशोधन गर्न सकिने बताउदै संशोधनको औचित्य बारे अहिलेसम्म कुनै छलफल नभएको बताउनुभयो ।उहाँले सरकारले चुनाव गर्छ कि गर्दैन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको थियो । जवाफमा देउवाले केही बिषयमा सविधान संशोधन आवश्यक भएको भन्दै एमालेको सहमति मै संशोधन गरिने बताउनुभयो ।

उहाँले चुनाव गरेरै छाड्ने भन्दै ओलीको प्रश्नको जवाफ समेत दिनुभएको थियो ।

चियापानमा सहभागी तराइ मधेश पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुका माग सम्वोधन गर्न प्रमुख तीन दल एकठाँउमा उभिनु पर्ने बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.