प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपति सि बीचको कुराकानीमा मोदीको शंका र चियोचर्चो भएको खुलासा

बुटवल । असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनियाँ राष्ट्रपति सि जिन पिङको दुइ पक्षीय भेटलाई भारतले नरुचाएको  र नेपाल र चीनबीच हुने कुराकानीको चियोचर्चो गरेको खुलेको छ ।

प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपति सि बीचको भेटवार्तामा के हुन्छ भनेर शंका गरिरहेको भारतले दुइ नेतामात्रैबीचको भेटमा एक प्रकारले हस्तक्षेप नै गरेको हो । गोवामा प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपतिबीच छलफल भैरहँदा अप्रत्यासित रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिरेर त्यही बसेका थिए ।

जुन भारतको नेपालप्रतिको शंका र हस्तक्षेपको एउटा पाटो हो भन्न सकिन्छ । त्यो कुटनीतिक प्रचलन र मर्यादा विपरित समेत हो । प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले फेसबुकमा राखेको तस्वीरबाट उक्त कुरा प्रष्ट खुल्छ ।

पहिला प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपति सि एउटा सोफामा बसेर वार्ता गरिरहेका थिए । छेवैको अर्को सोफामा प्रधानमन्त्री पत्नी सिता दाहाल बसिरहनुभएको देखिन्छ ।

तर करिव २० मिनेट त्यो क्रम चलिरहेका बेला अप्रत्यासित रुपमा भारतीय प्रधानमन्त्री मोदी उक्त कोठामा छिरे र सिता दाहाल बसेको सोफा छेउकै अर्को सोफामा बसे ।

दुइ उच्च नेताको कुराकानी भैरहँदा अर्को नेता त्यसरी छिर्नु कुटनीतिक मर्यादा विपरित भएको जानकारहरु बताउँछन । मोदीको अप्रत्यासित आगमन देख्दा प्रधानमन्त्री दाहाल र चीनिया राष्ट्रपतिले समेत अचम्म मानेको बताइएको छ ।

तर मोदीको आगमन भएपछि भेटघाटलाई त्रीपक्षीय भेट बार्ता भएको भनेर प्रधानमन्त्री दाहालले जोगिने बाटो रोजे ।
ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको भन्दै उक्त भेटवार्ताका साक्षी तथा प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच भेटबार्ता भएको हो भनेका छन ।

प्रधानमन्त्री दाहालका छोरा समेत रहेका प्रकाश दाहालले लेखेका छन- छुट्टै अनौपचारिक भेट चिनियां राष्ट्रपतिसंग नेपाली प्रधानमन्त्रीको एक्लै भएको थियो संयोगबस भएको यो भेटमा औपचारिक भेट भन्दा पृथक रहेको थियो मुख्यत: दुई देशको विकास चिनियां राष्ट्रपतिको निकट भविष्यमा हुने भनिएको नेपाल भ्रमण दुई देशको सम्बन्धको बारे खुलस्त छलफल भएको थियो । अर्को संजोग भारतिय प्रधानमन्त्री पनि त्यहि कक्षमा आउनु भयो र ३ राष्ट्रप्रमुख बिच संयुक्त अनौपचारिक भेट २० मिनेट जति भएको थियो । र त्रिदेशी हितका कुरा भएको थियो नेपाल सानो मुलुक भएतापनि पशुपति र बुद्ध जन्मस्थानले तिन देशलाई जोडेको भन्ने हाम्रो देश प्रधानमन्त्रीको धारणा रहेको थियो । निश्चियनै भौगिलिक रुपमा दुई देश विचको नेपाल र बसाई पनि दुई देशको बिचमा । यि देशलाई सहिरुपमा सदुपयोग गरेर लैजान सकियो भने समृद्ध नेपाल सम्भव छ ।

तर दाहालको यो भनाई झै हो भन्न सकिने अवस्था भने देखिदैन ।
प्रश्न उठ्छ की दुइ ब्यक्तिबीच भेट भैरहँदा एक्कासी तेस्रो ब्यक्तिको प्रवेश भएमा सामान्य ब्यक्तिगत छलफल समेत अन्तै मोडिन्छ भने गोवामा के भयो होला ।

अनुमान सहजै गर्ने सकिन्छ की भारतले आफ्नो उपस्थितिमा मात्रै नेपालले चीनसँग कुरा गरोस भन्ने चाहानाको उपज हो मोदीको प्रवेश । यो नेपाललाई हेपेको वा शंका गरेको वा चियोचर्चो गरेको जे भनेपनि हुन्छ ।

स्वाभिमानी नेपालीलाई होच्याउने काम भएको र उक्त कुरा प्रधानमन्त्री दाहालले खुलस्त जनतालाई बताउनुपर्ने कुटनितिका जानकारहरुको भनाइ छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.