काग्रेसका सांसदले संसदमै भने मधेशलाई अधिकार नदिए देश टुक्रिनसक्छ

काठमाडौ । कार्तिक २ ।संसदको सवैभन्दा ठुलो दल र अहिलेको सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन गरेर अधिकार नदिए जसरी पनि अधिकार लिने भन्दै आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा पुर्वी पाकिस्तान छुट्टिएर बंगलादेश बनेको जस्तै हुन सक्ने चेतावनी दिएका छन ।

ब्यवस्थापिका संसदको मंगलवारको बैठकमा बिषेश समय लिएर शुरुमै बोलेका सासंद मन्सुरले सविधान संशोधन गरेर आन्दोलनरत मधेशी, मुस्लिम र थारु लगायतका अधिकार नदिए  स्थिति पुर्वी पाकिस्तान बंगलादेश भएजस्तै हुने चेतावनी दिएका हुन ।

सासंद मन्सुरले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले जनताको सविधान बनाउने अधिकार सुनिश्चित गर्न त्यसबेला आफुहरुले पछि संशोधन गरेर अधिकार लिने गरी सविधान जारी गर्न मानेको बताए । मन्सुरले कसैले ९० प्रतिशतले जारी गरेको संविधान भन्ने कसैले १० प्रतिशत त हो नमानेको भन्ने खेल नखेल्न पनि चेतावनी दिए ।

तराइमा चलेको उखान भन्दै मन्सुरले मधेश माता उत्पादन गर्ने काठमाण्डौ माता खाने र शासन गर्ने अवस्था अव मान्य नहुने धारणा राखे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.