छठ सम्ममा सविधान संशोधन हुने प्रधानमन्त्री दाहालको दावी

काठमाडौ । कार्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सविधान संशोधनका लागि दलहरुबिच अनौपचारिक छलफल भैरहेको बताउँदै छठ सम्ममा सविधान संशोधन हुने बताउनुभएको छ ।

ब्यवस्थापिका संसदको बुधवारको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रि दाहालले आफू तीनवटै निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा रहेको संविधान संशोधन बाट संविधानप्रतिको असन्तुष्टि समाधान गर्ने दोहोर्याउनुभयो ।

संविधानमा मधेसी, थारू मुस्लिम लगायतलाई सहमतिमा ल्याएर मात्रै कार्यान्वयनमा जाने सरकारको प्राथमिकता रहेको भन्दै उहाँले स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सिमा निर्धारण आयोगलाई आवश्यक कार्यविधि र निर्देशन दिएको बताउनुभयो

२०७४ जेठसम्ममा प्रदेशको सीमांकन गरिने बताउँदै प्रधानमन्त्रीले  हालै गोवामा व्रिक्स तथा विमस्टेक सम्मेलनका कम्रमा भएको छिमेकी नेताहरुसँगको कुराकानीमा विगतमा भएका सहमतिको कार्यान्वयनमा जोडदिइएको पनि दावी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.