संसदद्धारा महाअभियोग सिफारिस समिति गठन

काठमाडौ । कार्तिक ३ । ब्यवस्थापिका स‌ंसदले संवैधानिक निकायका पदाधिकारीमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने सिफारिस गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना र राप्रपा नेपालका एक जना सदस्य रहेका छन ।

समिति सदस्यहरुमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दिपक कुँइकेल र लक्ष्मी राई रहेका छन ।

यसैगरी नेकपा एमालेबाट केशव बडाल, रेवतीरमण भण्डारी,  सुशीला नेपाल र पार्वत गुरुङ रहेका छन् ।

यसैगरी मा‌‍ओवादी केन्द्रबाट रामनारायण बिडारी र अमनलाल मोदी तथा राप्रपा नेपालबाट दीलनाथ गिरी सदस्य रहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.