बुटवलमा तिहार महोत्सव शुरु

बुटवल, कार्तिक ४, राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा प्रथम तिहार महोत्सव बुटवलमा शुरु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल र काठमाडौँको आयोजनामा कार्तिक ४ गते देखि १५ गते सम्म चल्ने महोत्सवमा ४ सयभन्दा बढि स्टल रहेका छन् । 

४ लाख दर्शक र १२ करोड कारोबारको लक्ष्य सहित यो औद्योगिक प्रर्दशनी एवम् तिहार महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष खेम श्रीसले जानकारी दिनुभयो ।

महोत्सवको उदघाटन गर्दै अर्थमन्त्रि कृष्णबहादुर महराले १४ महिनामा ३ वटा निर्वाचन हुन नसके मुलुक संकटमा पर्ने दावी गर्नुभयो ।

अर्थमन्त्रि महराले मेला तथा महोत्सवले वस्तुको विनिमयमा फाइदा पु¥याउने बताउँदै स्वाधिन अर्थतन्त्र निमार्णका लागि औद्योगिकरण तथा व्यापारको विभिदीकरणका लागि पनि सहयोगी हुने बताउनु भएको छ ।

 पर्दशनीको मुल द्धार पाल्पा दरबारको झल्को दिने गरि तयार गरिएको छ । महोत्सवमा तिहार विषेश भैलो कार्यक्रम, उटको नाँच प्रर्दशन तथा महिला पुरुष कुस्ती प्रतियोगिता समेत आयोजान गरिएको छ । लोक दोहरी गित नृत्य तथा डिजेको प्रस्तुती समेत रहने र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने नेपाल व्यापार संगठनका केन्द्रिय सदस्य खिमनारायण पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम पाठक, निर्वतमान् अध्यक्ष कृष्ण आचार्य लगायतले बोल्दै मुलुकको आर्थिक विकासका लागि नयाँ नीति आवश्यक भएको बताएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.