महाअभियोगको छलफल प्रकृया आइतवारसम्मका लागि स्थगित

बुटवल, कार्तिक ४। अख्तियार प्रमुख लोकमानसिह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि संसदमा बिहिवारदेखि शुरु हुने भनिएको छलफल प्रकृया आइतवारसम्मका लागि स्थगित भएको छ ।

दलहरूबीच आन्तरिक छलफलका लागि भन्दै प्रधानमन्त्रीले समय मागेपछि आइतबारसम्मका लागि संसद बैठक स्थगित गरिएको छ।

तर संसद बैठक स्थगितको सुचना सभामुख ओनसरी घर्तीले एसएमएस बाट दिनुभएको थियो । उहाँ संसदमा आउनुनै भएन । काग्रेस सचेतक चीनकाजी श्रेष्ठले भन्नुभयो – म्यासेजबाट बैठक स्थगित भएको खवर पाइयो । सभामुख कहा हुनुहुन्छ थाहा छैन ।

बुधवार प्रस्ताव दर्ता भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावमा बिहीबार छलफल हुने भनिएको थियो ।

दलहरूबीच आन्तरिक छलफलका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समय चाहिने भनेपछि बैठक स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

सभाभुख घर्तीले शुक्रबार जेनेभा जाने कार्यक्रम पनि रद्द गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.