भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण सफल बनाउन तयारी तिव्र

काठमाडौँ- भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ ।

परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा शुक्रवार बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । सो भ्रमण भव्य, सभ्य र व्यवस्थित गर्नका लागि शुक्रवारको बैठक बोलाइएको बताइएको छ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौँ, पोखरा र जनकपुर जाने कार्यक्रम समेत तय भइसकेको छ । बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.