डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकी लोकतन्त्रको अवमूल्यन-ओवामा

बुटवल । कार्तिक ५ । अमेरिकी राष्ट्रपति बाराक ओवामाले रिपव्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्ने वा नगर्ने भन्ने बिषयमा दिएको अभिव्यक्तिले अमेरिकी लोकतन्त्रको अवमूल्यन गरेको बताउनु भएको छ ।

डेमोक्रेटीक पार्टीकी उम्मेदवार हिलारी क्लीन्टनको चुनावी र्यालीलाइ मियामी राज्यमा सम्बोधन गर्दै राष्ट्रपति ओवामाले ट्रम्पको अभिब्यक्ति खतरनाक भएको उल्लेख गर्नुभयो ।

ट्रम्पको भनाईले जनताको मनमा अमेरिकी चुनावको बैधानिकतामा शंकाको बिउ पस्ने र त्यसले देशका दुश्मनलाइ बल पुग्ने ओवामाको भनाई थियो ।

दुइ उम्मेदवारबीच बिहिवार भएको अन्तिम टेलिभिजन बहसमा ट्रम्पले चुनावको नतिजालाइ स्वीकार गर्ने कुरामा प्रतिबद्धता जनाउन अस्वीकार गर्नुभएको थियो । पछि उहाले चुनाव निष्पक्ष भएमात्र आफुले जित्ने अनि मात्र त्यसलाइ स्वीकार गर्ने बताउनु भएको थियो । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.