एमाले अध्यक्ष ओलीको विदेश भ्रमण स्थगित

बुटवल । कार्तिक ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश भ्रमण स्थगित गर्नुभएको छ ।

गलादेशको सत्तारुढ दल अवामी लिगको निमन्त्रणामा एमाले अध्यक्ष ओली शुक्रवार ढाका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।

तर मुलुकमा बिकसित घटनाक्रमका कारण अध्यक्ष ओलीले बंगलादेश भ्रमण स्थगित गर्नुभएको हो । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

तर एमालेका वरिष्ठ नेता झलनाथ खनालको जापान भ्रमण भने स्थगित भएको छैन । पार्टीको कामका लागि पुर्वनिर्धारित कार्यक्रम भएकोले नेता खनाल शनिवार जापान जानुहुने उहाँका सहयोगीले बताएका छन ।

यस्तै एमालेकै अर्का नेता माधवकुमार नेपाल पनि आइतवारदेखि भियतनाम भ्रमणमा जाँदै हुनुहुन्छ । एमाले महासचिव ईश्वर पोखरेल भने अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ । यस्तै एमालेका नेता टंक कार्की चीन र  राजन भट्टराइ बंगलादेश जानुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.