तिहार महोत्सवमा ६० लाखको कारोवार ८ हजार दर्शक

बुटवल– नेपाल राष्टिय उद्योग व्यापा संगठन बुटवल नेपाल राष्टिय उद्योग व्यापारसंगठन काठमाडौको आयोजनामा बिहीवार देखि बुटवलमा शुरु भएको ाष्टिय औद्योगिक प्रर्दशनी तथा तिहार महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले अवलोकन गरेका छन् भने ६० लाख बढि को कारोवार भएको छ ।
दोश्रो दिन अटो, फेन्सी, बाल उद्यान, होटल लगायतमा बढि कारोवार भएको आयोजक संस्था नेपाल राष्टिय उद्योग व्यापार संगठन बुटवलका कोषाध्यक्ष कृष्ण अर्यालले जानकारी दिए । मेलामा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरु छन । घरेलु हस्तकला, सुचना प्रबिधि कृषि, अटो र कन्सल्टेन्सीका स्टलहरू पनि प्रदर्शनीमा रहेका छन ।
शुक्रबार महोत्सवमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामीछानेमगर, हास्य कलाकार गिरिष खतिवडा लगायतका कलाकारहरुले मनोरजन प्रदान गरेको सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए । त्यस्तै अर्घाखाँची सिमेन्ट डान्स आइडल तर्फ टप टेनको प्रस्तुती र फेशन शो कार्यक्रम पनि भएको उनले जानकारी दिए । आज शनिबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, आधुनिक गायक शिव परियार, गायिका प्रिया भण्डारी र डान्सर बविता भण्डारीको प्रस्तुती रहनेछ । भने डान्स आइडल, फेसन, शो पनि हुने संयोजक गैरेले बताए ।
महोत्सवमा उट् नाँच, सुचना प्रविधि, बाल उद्यान, र गार्मेन्ट तर्फ दर्शकको बढि आकर्षण रहेको संगठनका सचिव केशव श्रीसले बताए । महोत्सवमा ४ सय २२ स्टल सहभागी छन । १५ गतेसम्म चल्ने महोत्सव अवधिभर औद्योगिक, कृषि, पर्यटन, प्रवद्र्धन लगायतका कार्यक्रम सहित उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय बस्तु उपलब्ध गराइने संगठनका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक खेम श्रीसले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.