लोकमानले समानान्तर सरकार चलाएकाले महाअभियोग प्रस्ताव-ओली

बुटवल । कार्तिक ६ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले थर्काएर समानान्तर सरकार चलाएकाले महाअभियोग प्रस्ताव ल्याएको बताउनुभएको छ ।

महाअभियोग प्रस्ताव पास गराउनुपर्ने मागसहितको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै एमाले अध्यक्ष ओलीले कार्कीले तर्साएकै भरमा कर्मचारीतन्त्र चलाएको, सरकारकै अंगहरुको प्रयोग गर्दै संबैधानिक अंगलाई बनाएर वेथिति बढाएको आरोप लगाउनुभयो ।

महाअभियोग प्रस्ताव देश र जनताको हितकालागि भएको भन्दै उहाँले एमाले कसैप्रति पुर्वाग्रही नभएको पनि दावी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.