महाअभियोग प्रकरणमा के गर्ला काग्रेसले ?

बुटवल । कार्तिक ६ । संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा संसदको सवैभन्दा ठुलो दल काग्रेसले के गर्ला भन्ने प्रश्न अहिले सबैको चासोको बिषय बनेको छ ।

महाअभियोग प्रकरणलाई लिएर केन्द्रीय समिति बैठकमा मतभेद उत्पन्न भएपछि सभापति देउवालाई के गर्ने भन्ने अन्योल पनि बढेको छ।

हुन त देउवाले कार्कीका कामलाई शाही आयोगका जस्ता भनेर स्पष्ट संकेत दिएकै छन तर शेखर कोइराला र आनन्द ढुगाना तथा आफ्नै खेमाका एनपी साउद लगायतका नेताले महाअभियोगको विपक्षमा लविग गरेपछि काग्रेसमा अन्योल देखिएको हो ।

त्यसले दोस्रो दिन शुक्रबार पनि काग्रेस केन्द्रीय समिति बैठक बिना निर्णय टुंगियो र अर्को बैठक सोमबार बोलाइएको छ । जवकी आइतवार नै ससंदम महाअभियोग बारे प्रकृया अघि बढाउने तय भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.