हिमाल पदयात्रामा गएका इजरायली पर्यटक बेपत्ता

काठमाडौ। कार्तिक ७ । हिमाल पदयात्रामा गएका इजरायली पर्यटक अमित मोस्के रेइचम्यान बेपत्ता भएका छन् ।

मर्दी हिमालको अवलोकनमा एक्लै पदयात्रामा निस्किएका रेइचम्यान एक सातादेखि सम्पर्कमा छैनन । प्रहरीले उनको खोजीका लागी टोली उच्चक्याम्प पुगेको बताएको छ ।

तर खराब मौसमका कारण खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।

आफन्तसहितको उद्धार टोली पनि हेलिकप्टरबाट खोजीका लागि गएको छ ।

गत असोज ३० गते मर्दी हिमाल बेसक्याम्पबाट हिँडेका उनी दुई दिनसम्म सम्पर्कमा नआएपछि अन्नपूर्ण संरक्षण क्षेत्रका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.