आर्सनल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौ। कार्तिक ७ । फुटवल क्लव आर्सनल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।

आइतवार राती भएको खेलमा आर्सनल मिडल्सबर्ग संग गोल रहित बराबरीमा रोकिए पनि म्यानेचस्टर सिटीलाइ उछिन्दै तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

यसअघि लगातार ६ खेलमा जीत हात पारेको आर्सनलले पटक पटक प्रयास गरेपनि गोल गर्न भने सकेन ।

यसैगरी अर्को खेलमा लिभरपुलले वेस्टब्रोमलाइ दुइ एक गोलले  पराजित गरेको छ । खेलको २० औं मिनेटमा साडियो मानेको गोल मार्फत लिभरपुलले अग्रता लिएको थियो । ३५ औं मिनेटमा फिलिप कुटिनिहोले लिभरपुलका लागि दोस्रो गोल थपे ।

८१ औं मिनेटमा वेस्टब्रोमका ग्यारेथ मिकोलीले गोल फर्काएपछि लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

लिभरपुलको नौ खेलबाट २० अंक छ भने शीर्ष स्थानमा रहेको आर्सनको पनि समान २० अंक नै छ । तेस्रो स्थानमा रहेको सिटीको आठ खेलबाट  १९ अंक छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.