रुसको आग्रह अमेरिकाद्धारा अस्वीकार

काठमाडौ। कार्तिक ७ । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा अनुगमनका लागि सहभागी हुन दिन रुसले गरेको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकाका तीनवटा राज्यले रुसी आग्रह अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

नोभेम्बर ८ देखि हुन लागेको अमेरिकि निर्वाचनमा अनुगमनमा सहभागि हुन रुसले चासो राखेको छ । रुसले अमेरिकाको ओक्लोहामा, टेक्सास र लुइजियाना राज्यमा चुनावको अनुगमनका लागि मतदानको समयमा आफ्ना अधिकारी राख्न माग गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले भने रुसको आग्रह प्रचारबाजीमात्र भएको र रुसले चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ । तर, रुसले अमेरिकी आरोपमा सत्यता नभएको बताएको छ ।

यसैबीच, निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति पदका दुई उम्मेदवार डनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीचको बहस पनि चुलिँदै गएको छ ।

हिलारी क्लिन्टनको समर्थनमा रहनुभएकी फस्ट लेडी मिचेल ओबामाप्रति डनाल्ड ट्रम्प आक्रामक रुपमा प्रस्तुत हुनुभएको छ । मिचेल ओबामाले आफूविरुद्ध दिएका अभिव्यक्ति क्लिन्टनको समर्थनमा गरेको क्याम्पेन भएको ट्रम्पले बताउनुभएको छ । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.