ब्वाँसोले बाघलाई पराजित गर्यो

काठमाडौ। कार्तिक ७ । सन २०१८ को विश्वकपका लागि मस्कट छनोटमा बाघलाई पराजित गरि ब्वाँसो बिजयी भएको छ ।

रुसको मस्कोमा विशेष कार्यक्रम आयोजना गरी मस्कट सार्वजनिक गरिएको हो । कार्यक्रममा ब्राजिलका पूर्वस्टार फुटबलर रोनाल्डोको पनि उपस्थिति थियो । ब्वाँसोले बिरालो र बाघलाई पछि पार्दै बिश्वकपको आधिकारिक मस्कटका लागि सर्वाधिक मत पाएको थियो । ब्वाँसोले ५३ प्रतिशत मत पाएको थियो भने बाघले २७ र बिरालोले २० प्रतिशत मत पाएका थिए ।

एक महिनासम्म चलेको मतदान प्रक्रियामा १० लाखभन्दा बढीले भाग लिएका थिए । विश्वकप इतिहासमै पहिलोपटक यति लामो र रोचक ढंगबाट मस्कट छानिएको हो ।

मस्कटलाई ‘जेबिवाका’ नाम दिइएको छ, यसको अर्थ ‘जसले गोल गर्छ’ भन्ने हुन्छ । रुसका खेलकुदमन्त्री भिताली मुट्कोले यो मस्कट २०१७ को अन्तर महादेशीय कप र २०१८ को विश्वकपमा लोकप्रिय हुने बताउनुभएको छ । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.