महाअभियोग प्रस्तावमाथि संसदमा मंगलवारदेखि छलफल हुने

काठमाडौ। कार्तिक ७ । ब्यवस्थापिका संसदले अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथि कार्तिक ९ गते देखि छलफल गर्ने भएको छ ।

आइतवार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी गराउँदै छलफलका लागि मंगलवार दिउँसो ३ बजेको समय तोकिएको बताउनुभएको हो ।

प्रमुख दल काग्रेसको केन्द्रीय समिति बैठक जारी रहेक र सोमवार पनि काग्रेसको बैठक बस्ने भएकोले संसदमा छलफल प्रकृया मंगलवारसम्मका लागि सारिएको श्रोतले जनाएको छ ।

अव महाअभियोग प्रस्तावमाथि संसदमा सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ ।

यसअघि संसदको बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने तयारी भएपनि प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक आइतवारसम्मका लागि स्थगित गरिएको थियो ।

बुधवार गठन भएको सिफारिस समितिले अध्ययन तथा अनुसन्धान गरेपछि संसदमा प्रतिवेदन बुझाउने कानूनी ब्यवस्‍था  छ । महाअभियोग प्रस्ताव पास हुन संसदको दुई तिहाई बहुमत चाहिन्छ ।  त्यसका लागि काग्रेसको समर्थन अनिवार्य छ ।

सत्तारुढ माओवादी केन्द्र र  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.