आईएसविरुद्धको आक्रमणमा टर्कीको सेना पनि सहभागि

बुटवल, ८ कार्तिक । इराकमा सरकारी सेनाले आईएसविरुद्धको लडाइँ जारी राखेका बेला आक्रमणमा टर्कीको सेना पनि सहभागि भएको छ ।

तर उक्त संलग्नताको इराकी सरकारले भने असहमति जनाएको छ । बग्दादले टर्कीको यस कदमलाई सार्वभौमिकतामाथिको हस्तक्षेप मान्दै आएको छ ।

आईएसविरुद्धको लडाइँमा सशक्त देखिँदै आएको कुर्दिश पेशमर्गाको आग्रहमा मोसुलन जिकैको सहर बसिकामा आईएसविरुद्ध सेनाले आक्रमण गरेको टर्कीले जनाएको छ । इराकको दोस्रो ठूलो सहर मोसुललाई आईएसले सन् २०१४ मा नियन्त्रणमा लिएको थियो । आईएसलाई मोसुलवाट हटाउने गत सोमबारदेखि सरकारद्धारा कारबाही सुरु गरिएको हो । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.