व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवबारे छलफल

बुटवल, ८ कार्तिक । तिलोत्तमा उद्योग वाणिज्य संघले आउदो मसिंर २३ गतेदेखि पुष ४ गतेसम्म आयोजना गर्ने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवका सम्वन्धमा सोमवार रुपन्देहीका कार्यालय प्रमुखहरुसंग सामुहिक छलफल तथा अन्र्तक्रिया गरेको छ ।

कार्यक्रममा सहभागि कार्यालय प्रमुखहरुले मेला तथा महोत्सवलाई रमाइलो र पैसा कमाउने भन्दा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने, नया प्रबिधिको प्रर्दशन गर्ने तथा मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने खालको बनाउन आग्रह गरेका थिए । उनीहरुले रुपन्देही जिल्लाको सबैभन्दा बढी सम्भावना बोकेको र बिकास भइरहेको तिलोत्तमामा आयोजना हुने मेला तथा महोत्सवमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले सबै सरकारी कार्यालय र सस्थाहरुसंग आफुले समन्वयात्मक भुमिका निर्वाह गर्ने आश्वासन दिदै स्थानिय सस्कृतिको पहिचान, पर्यटकीय स्थलको प्रवद्र्धन, स्थानिय उत्पादनको प्रर्दशन गर्दै उद्यमशीलताको बिकास गरी मुलुकलाई स्वावलम्वन बनाउन टेवा पुग्ने कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।

उहाले भारतबाट झुला, पिगं ल्याउने र यहा भएको आम्दानी फेरी भारत नै जाने खालका मेलाको औचित्य सकिएको बताउदै परम्परागत सस्कृतिको संरक्षण र नया प्रबिधिको प्रोत्साहन अवका मेला महोत्सव केन्द्रित हुनुपर्ने बताउनु भयो ।

रुपन्देहीका स्थानिय बिकास अधिकारी युवराज सुवेदीले रुपन्देहीका प्रत्येक मेलामा सहआयोजकको भुमिका निर्वाह गर्दै आएको जिबिसले तिलोत्तमामा हुने मेलामा पनि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता वयकत गर्नु भयो ।त्यस्तै तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ज्ञवालीले आफनै नगरपालिकामा आयोजना हुने मेलामा भौतिक निर्माण सरसफाई सहित आवश्यक सबै सहयोग गर्ने आश्वासन दिनु भयो ।

्रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुगंले सुरक्षा निकायले आवश्यक सबै सुरक्षा रणनिति अवलम्वन गरी मेलामा आउनेहरुलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिने बताउनु भयो ।

कार्यक्रममा कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, बुटवल बेलहीया ६ लैण्ड सडक बिस्तार आयोजनाका इञ्जिनियर लिला भण्डारी,नेपाल बिद्युत प्राधिकरण मणिग्रामका प्रमुख ज्ञान बहादुर कार्की, नेपाल आयल निगम क्षेत्रीय कार्यालयका उपप्रवन्धक गंगा तिवारी,शसस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक बेनु प्रसाद पाठक, करहीया खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अधयक्ष गंगा शाही, उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष दिपक गैरे, तिलोत्तमा व्यापार संगठनका महासचिव रामचन्द्र पाण्डे लगायतले मेला तथा महोत्सवमा आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष गुणनिधी भण्डारीले अहिलेसम्म भएका तयारीका सम्वन्धमा जानकारी गराउनु भएको थियो । संघका महासचिव माधवलाल देवकोटाको सञ्चालन र उपाध्यक्ष हरिलाल पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.