२५ बुँदे सहमति राष्टघाती र नेपाललाइ भुटानीकरण गर्ने खेल भएको दावी के.सी

 

बुटवल, कार्तिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग बाटै कारवाही गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न केन्द्रिय समितिको बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधान मन्त्रीसमेत रहेका अध्यक्ष के.सीले कार्कीलाई कारवाही गर्न महाअभियोग पारित गर्नुको विकल्प नरहेको बताउनुभयो ।
ठुला दलका नेताहरु भ्रष्ट भएका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै केसीले लोकमानसिंहले गरेको भ्रष्टाचारको रकम समेत असुल्नुपर्ने बताउनुभयो ।
अर्को एक प्रसंगमा उहाँले भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको २५ बुँदे सहमति राष्टघाती र नेपाललाइ भुटानीकरण गर्ने खेल भएको दावी पनि गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.