कुस्तीमा नवलपरासीका मनुले जीते

 

 

बुटवल, ९ कात्तिक । गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा आयोजना गरिएको कुस्ती प्रतियोगिता मंगलबार सकिएको छ ।
कुस्तीमा पुरुषतर्फ नवलपरासीका पहलमान मनु प्रथम भएका छन् भने महिलातर्फ भारतकी पहलमान सरिता प्रथम भइन । कुस्ती प्रतियोगितामा १४ जना पुरुष तथा ६ जना महिलाले प्रतिस्पर्धा गरेको खेल व्यवस्थापन समितिका संयोजक बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ द्धितिय र तृतीय पनि छानिए । जसमा भारतका पलहमान अर्बिन र जोगेन्द्र छानिएका छन् । विजयी खेलाडीलाई मंगलबार नै पुरस्कृत गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.