लोकमानसिंह कार्कीको सचिवालय बन्द, विशेषज्ञका रुपमा नियुक्त गरेका १२ जना पनि हटाइए

काठमाडौँ,कात्तिक ९  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरिएको छ । कार्कीले विशेषज्ञका रुपमा नियुक्त गरेका १२ जनालाई पनि हटाइएको छ।

कार्यवाहक प्रमुख दीप बस्न्यातले कानुन, प्रेस, अनुसन्धान विज्ञ , विशेषज्ञ डाक्टर र भूमिसुधार विज्ञका नाममा  निलम्वित प्रमुख कार्कीले नियुक्त गरेका १२ जनालाई मंगलबारदेखि पदमुक्त गर्नुभएको हो ।

उनीहरुलाई कात्तिक १७ गते देखि लागू हुने गरी पदमुक्त गरिएको छ ।

पदमुक्त हुनेहरुमा कोमलप्रसाद घिमिरे, भानुभक्त पोख्रेल, बालचन्द्र शर्मा, करुणाकर मल्लिक, गोवर्धन श्रेष्ठ, रामहरी अर्याल  डा. निलमणि बराल, भरतराज शर्मा र माधव खत्री रहेका छन । हुपेन्द्रमणि केसी, कार्कीकी छोरी आध्याश्री कार्की र शरद अधिकारीलाई पनि हटाइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.