नेपाली काग्रेसले महाअभियोगबारे ठोस निर्णय गर्न सकेन

नेपाली काग्रेसले महाअभियोगबारे ठोस निर्णय गर्न सकेन

काठमाडौँ,कात्तिक ९  नेपाली काग्रेसले अख्तियार प्रमुख लोकमानसिह कार्की विरुद्धको महाअभियोगबारे ठोस निर्णय गर्न सकेन ।

मंगलवार सम्पन्न बैठकले महाअभियोग सिफारिस समितिलाई निष्पक्ष रुपमा काम गर्न दिन माग गर्दै त्यसपछि मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ । बैठकले महाअभियोगबारे संसदीय दलमा पनि छलफल गर्ने भनेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबारदेखि बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले कार्कीविरुद्ध आ-आफ्नो धारणा राखेका थिए ।

यसअघि बैठकमा बोल्ने केही सदस्यहरुले महाअभियोगको पक्षमा उभिनुपर्ने धारणा राखे भने केहीले परिस्थिति नियाल्दै सोचविचार गरेर पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

बैठकमा अधिकांश युवानेताहरु कार्कीविरुद्धको महाअभियोग संसदबाट पारित गर्नुपर्ने पक्षमा देखिएका छन् । तर, दोस्रो तहका प्रभावशाली नेताहरु महाअभियोगको विपक्षमा देखिएपछि कांग्रेसमा निर्णय गर्न ढिलाइ भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.