सुत्केरी महिलाको हत्या

बुटवल,कार्तिक १२ । रुपन्देहीको देवदहमा सुत्केरी महिलाको हत्या भएको छ ।

दुई महिनाकी छोरीको साथमा देवदह २ ढेकाबारस्थित आफ्नै घरमा सुतेकी अन्दाजी २३ वर्षिया निमकला पाण्डेको गएराति हत्या भएको हो ।

गएराति ३ बजेतिर दुई महिनाकी छोरी रोएको सुनेपछि कोठामा गएका निमकलाका ससुरा देवीप्रसाद पाण्डेले बुहारीको शरीरबाट भुईमा रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै घटनास्थल पुगेको प्रहरीले गम्भीर अवस्थामा रहेकी निमकलालाई क्रिमशन अस्पताल पुर्याएको थियो । अस्पताल पुरयाएलगत्तै मृत घोषणा गरिएको देवदह प्रहरी चौकीले जनाएको छ ।

उहाँलाई धारिलो हतियारले नभै टाउको भित्तामा ठोक्काएर वा टाउकोमा कुनै वस्तुले हानेर हत्या गरेको जस्तो देखिने प्रहरीको अनुमान छ । हत्या गर्ने समूहले साढे चार तोला बराबरको सुनका गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

हत्यामा कुनै गिरोह संलग्न भएको आशंकामा अनुसनन सुरु गरिएको र संलग्नलाई छिटै पक्राउ गरिने उहाँले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.