शान्ति समाजद्वारा गैडाकोटमा काब्य गोष्ठी सम्पन्न

बुटवल। कार्तिक १५ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जयन्तीका सन्दर्भमा मानब अधिकार तथा शान्ति समाजको आयोजनामा  नवलपरासीको गैंडाकोटमा काब्य गोष्ठी सम्पन्न भएको छ ।

समाजका बिभागीय संयोजक तथा साहित्यकार गोविन्द विनोदीको संयोजन तथा सभापत्वितमा सम्पन्न भएको कार्यक्रममा २० जना कविहरुले रचना वाचन गर्नुभएको थियो भने १०० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी तथा संस्थापक सदस्य कृष्ण कँडेलले समेत कविता वाचन गर्नुभएको कार्यक्रममा  रचना वाचन गर्नेहरुमा प्रा।डा नारायण प्रसाद खनाल, डा। मतिप्रसाद ढकाल, डा। केशवराज चालिसे, प्रेम विनोद नन्दन, डा।एकनारायण पौडेल, नारायणी गौतम, रेशमलाल श्रेष्ठ, सुदेश सत्याल, गोर्खे साईलो, रामहरी शर्मा, लकाश पौडेल, कृष्णशरण उपाध्याय, लक्ष्मी पौडेल, दशरथ तिवारी, कमलप्रसाद वाग्ले, प्रभाकर पण्डीत र विनोद अनुज हुनुहुन्थ्यो ।

विश्वास पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सहभागिहरुलाई स्वागत अञ्जु घिमिरे सापकोटाले गर्नुभएको थियो । गैडाकोटको सूर्योदय बोर्डिङ स्कुलको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयकै सौजन्यमा  सहभागिहरुलाई जलपानको ब्यबस्था समेत गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.