रुपन्देहीमा दुई जनाको शव फेला

बुटवल, १५ कार्तिक । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ ।
बुटवलका एक युवाको हम्मरले हानेर हत्या भएको अवस्थामा शव भेटिएको छ भने तिलोत्तमा नगरपालिकामा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुटवल ५ ज्योतिनगरका ३२ बर्षिय वीरबहादुर गुरुङको हम्वरले हानेर हत्या भएको हो ।

बुटवल र सैनामैना नगरपालिकाको सिमाक्षेत्रमा रहेको घमाहा खोलाको पुलमुनी पानीमा सोमवार विहान शव भेटिएको हो । गुरुङको हथौडाले टाउकोमा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । राजमार्गबाट लतार्दै पुलमुनी लगेर गुरुङलाई फालेको हुनसक्ने प्रहरी अनुमान छ । घटनास्थलमा लतार्दै लगेको ठाउँमा रगतका डामहरु छन् ।
गुरुङ आईतबार साँझ ५ बजेसम्म ज्योतिनगर क्षेत्र विकास युवा क्लबमार्फत देउसी भैलो खेलेका थिए ।

घटना कसरी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले बताउनुभयो । मृतक गुरुङको साथबाट तार जोडिएको डेनोटेर पनि फेला परेको छ ।

त्यस्तै हत्यामा प्रयोग गरिएको हथौडा समेत प्रहरीले भेटाएको छ । यसका साथै अपराधिक गतिविधिका लागि नक्सा कोरेको कागज समेत भेटिएको छ । गुरुङ यसअघि पनि प्रहरी कारवाहीमा परिसकेकाले उनको साथीहरुबाटै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
यस्तै रुपन्देहीकै तिलोत्तमा नगरपालिका १६ मद्रानीमा पनि एक जना महिलाको शव भेटिएको छ । अन्दाजी २७ बर्षिय काली खाँनको शव भेटिएको प्रहरीले जनाएको छ । बुटवलमा हत्याका श्रृखलाबद्ध घटना भइरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.