भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौमा, कालो झण्डा देखाउने समातिए, मुखर्जीद्धारा राजनीतिक भेटवार्ता शुरु

काठमाडौ । कार्तिक १७ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उच्चस्तरीय भेटघाट शुरु गर्नुभएको छ ।

तीन दिने राजकीय भ्रमणका लागि विशेष विमानबाट काठमाडौं आउनुभएका मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो ।

यसैगरी भारतीय राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत मन्त्रीहरु, नेपाल सरकरका उच्च अधिकारीहरु पनि विमानस्थलमा पुगेका थिए । मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरे लगायत ६० जना सम्मिलित छन्।

भारतीय राष्ट्रपति मुखर्जी आउँदा बिरोध स्वरुप कालो झण्डा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

विमानस्थलमा स्वागतपछि राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति मुखर्जी एउटै मोटरमा राष्ट्रपति भवन शितलनिवास पुग्नुभएको थियो ।

त्यहाँ दुई राष्ट्रपतिबीच शिष्टाचार भेटघाट भएको थियो । भेटमा दुई पक्षीय हित र आपसी सम्वन्धका बिषयमा कुराकानी भएको थियो ।  त्यस अबसरमा मुखर्जीले सविधानसभाले सविधान जारी गरेकोमा बधाइ दिनुभयो भये राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निम्ता समेत दिनुभएको थियो ।

शितलनिवासमा भएको शिष्टाचार भेटवार्ता पछि भारतीय राष्ट्रपति मुखर्जी लैनचौरस्थित भारतीय दुतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुभएको थियो । त्यहाँ दलका प्रमुख नेताहरु समेत सहभागी थिए ।

त्यसपछि साँझ ६ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले  र साढे ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले होटल हायतमा राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेटवार्ताको कार्यक्रम छ ।

राष्ट्रपति मुखर्जीले बिहिवार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा सहभागी हुनु हुनेछ भने अपरान्ह राष्ट्रिय सभागृहमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सरिक हुनुहुने छ ।

साँझ उहाँले राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्दै हुनुहुन्छ । शुक्रबार जनकपुर र पोखराको अवलोकन गरी साँझ ५ बजे राष्ट्रपति मुखर्जी दिल्ली  फर्किने कार्यक्रम छ ।

राष्ट्रपति के आर नारायणन पछि १८ वर्षको अन्तरालमा भारतीय राष्ट्र प्रमुखले पहिलो पटक नेपाल भ्रमण गर्नु भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.