काठमाडौ । कार्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणका समयमा उपत्यकामा बसोवास गर्नेहरुले पाउनुसम्मको सास्ती पाए ।
भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षालाई कारण देखाउँदै सर्वसाधारणले बाटोमा हिड्न समेत पाएनन ।
कोखिलामा बच्चा बोकेका महिलाहरु साँझको चिसोमा सुनसान सडक भन्दा परै बसेर झण्डै एक घण्टा बिताउनुपर्यो ।
पुल पार गर्न नपाएर एक घण्टासम्म सडक छेउमै उभिनुपर्यो । मान्छेहरु गन्तव्यमा समेत जान नपाउँदा आक्रोशित देखिन्थे ।
त्यति मात्रै कहा हो र आफ्नो घरको छत र वार्दलीमा उभिन र झ्यालबाट हेर्न समेत नपाउने गरी प्रहरीले बन्देज लगायो । सडक भरी सुरक्षाकर्मी र आकाशमा हेलिकोप्टरको गस्ती । सैनिक शासन जस्तै लाग्ने अवस्था ।
बानेश्वरको घरको वार्दलीमा उभिएकी एक महिलालाई प्रहरीले कोठा भित्र जान बाध्यपारेपछि उनी कराउँदैभित्र पसेको दृश्य अनौठो थियो । सडक सुनसान भएकोले हेरेको र सवारी आएको देखिनासाथ जान्छु भन्दा पनि सुख दिएनन प्रहरीले ।
तीनकुनेको पुल पार गर्न नदिएर एक घण्टासम्म रोकेपछि दुइ मिनेटमा पुगिने शान्तिनगर र त्यसआसपास जान पनि मान्छेहरु पैदल हिडेर सुविधानगर,शंखमुल हुँदै जान बाध्य भए । कंलकी जाने बैकल्पिक मार्ग बनेपा बर्दीवास र हेटौडा नारायणढ हुँदै कंलकी भनेर गरिएको ब्यङ्ग जस्तै भयो ।
यातायात त अस्तब्यस्त नै भएकोछ । एम्बुलेन्स समेत सहज चल्न पाएनन । अस्पतालबाट रगत चाहिएर धाउनेहरु समेत मारमा परे । अरुको त के कुरा भयो र ? यो भन्दा निर्लज्जता के हुन्छ र । सरकारले दिनुसम्म सास्ती दियो जनतालाई । त्यसैले सामाजिक संजालभर विरोध भैरह्यो ।
त्रिभुवन विमानस्थलदेखि तीनकुने, बानेश्वर, जमल, लैनचौर हुदै उपत्यकाका अधिकांश सडक कर्फ्यु लगाएका बेला झै ठप्प पारियो ।
पहिलो दिन स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखि उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्री, सेना प्रमुख हुँदै मुख्यसचिव लगायत सिंगो सरकार विमानस्थल पुगेको थियो । तर जनताले भने भोग्नुसम्म दुख भोगे ।
पहिलो दिन नै लैनचौरमा नेपालका लागि भारतीय राजदुत रन्जीत रेद्धारा दुतावासमा आयोजित रिसेप्शन भोजमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि नभएर दोश्रो तहका नेता पठाएर कुटनीतिक असन्तुष्टी देखाए । त्यसलाई कतिपयले राष्ट्रवादी अडान भने ।
उता प्रधानमन्त्री दाहालसंग होटल हायतमा भेटवार्ता हुँदा मुखर्जीले सविधान संशोधन के हुँदैछ भनेर भारतीय चासो दोहोराए ।
त्यसपछि राष्ट्रपति भण्डारीद्धारा आयोजित रात्री भोजमा सहभागि भएका भारतीय राष्ट्रपतिले दोश्रो दिन १८ गते बिहिवार बिहान १० बजे पशुपतिनाथ मन्दीरमा विशेष पुजा गर्नुभयो ।
दिउसो काठमाडौँ विश्वविद्यालयको विशेष दिक्षान्त समारोहमा र साँझ ५ बजे नागरकि अभनिन्दन ग्रहणका लागी राष्ट्रिय सभागृहमा र राती द्धारिकाज होटलमा प्रधानमन्त्री दाहालद्धारा आयोजित रात्रि भोजमा सहभागीता राष्ट्रपति मुखर्जीको दोश्रो दिनको कार्यक्रम रह्यो ।