सविधान संशोधनमा सघाउन एमाले अध्यक्ष ओलीलाई प्रधामन्त्री दाहालको आग्रह

कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सविधान संशोधन प्रकृया सहित समसामयिक बिषयमा छलफल भएको छ ।

शुक्रवार अपरान्ह भएको भेटवार्तामा प्रधानमन्त्रि दाहालले सविधान संशोधनमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।
यसैगरी प्रधामन्त्री दाहालले नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलवारे जानकारी गराउँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दलहरु एक ठाउँ उभिनुपर्ने प्रस्ताव समेत राख्नु भएको थियो ।

संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष नभनी एक ठाउँमा उभिएर अघि बढन प्रधानमन्त्रीले आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकबाट बाहिरदा एमाले अध्यक्ष ओलीले संविधान संसोधन सहित समसामयिक बिषयमा पनि कुराकानी भएको बताउनुयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.