संशोधनका नाममा मुलुकमा खतरनाक खेल संविधान संशोधन होइन, कार्यान्वयन गर्नुपर्छ–ज्ञवाली

 

बुटवल, कार्तिक २० । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन आवश्यक नभएको बताएका छन् । संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको भन्दै उनले कसैलाई रिझाउनको लागि संशोधन आवश्यक नभएको दावी गरे । ‘संविधान सर्वस्वीकार्य भन्दा कार्यान्वयन प्रमुख विषय हो’ ज्ञवालीले भने, संशोधनको गीत गाउ“दैमा संशोधन गर्न सकि“दैन ।’
प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिबार दिउ“सो बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको दाबी गरे ।
पूर्व मन्त्री समेत रहेका एमाले युवा नेता ज्ञवालीले भने, ‘अंगिकृत नागरिक पनि राष्ट्रप्रमुख हुन पाउनुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने र प्रदेश नम्बर पा“चका पहाडी जिल्लाहरु, गुल्मी, पाल्पा र अर्घाखा“चीलाई अलग्याउन माग राखेर संविधान संशोधनका कुरा उठेको छ, यो कदापी स्वीकार्य छैन ।’ ‘तर संविधानको पालना र अफ्टयारो परिस्थितिमा एमाले त्यसको बाधक बन्दैन’ ज्ञवालीले भने ।
सरकारले आउ“दो माघसम्म तीन वटा तहको निर्वाचन गराउनुपर्ने भए पनि अहिलेसम्म त्यसको कुनै प्रक्रिया समेत अगाडि बढाउन नसक्दा संविधान नै संकटमा पर्ने अवस्था देखा पर्न थालेको भन्दै ज्ञवालीले त्यसतर्फ सरकार कदापी संवेदनशिल नदेखिएको बताए ।
अब एमालेले नै यसको अगुवाई गर्दै संविधान कार्यान्वयनमा दबाब सिर्जना गर्ने उनको भनाइ थियो । लोकमानसिंहको प्रकरणका बारेमा सोधिएको प्रश्नमा नेता ज्ञवालीले भने–‘लोकमानले अख्तियारको दुरुपयोग गरेका कारण महाअभियोग लगाउने प्रस्ताव गरिएको हो ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.