वायुमण्डलको प्रभावले देशभर चिसो बढ्यो

रासस\ कार्तिक २१, २०७३- वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ । शनिबारको तुलनामा आइतबार ९.४ डिग्री सेल्सियस रहेको छ ।

‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,’ – उनले भने ।

मौसमविद्का अनुसार अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ । आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ देखि २५ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.