व्याडमिन्टन प्रतियोगिता सम्पन्न

बुटवल, २१ कार्तिक। छठ पर्वको उपलक्ष्यमा आयोजित व्याडमिन्टन प्रतियोगिता तथा दोस्रो व्याडमिन्टन कोडको बुटवलमा एक समारोहका बीच उदघाटन गरिएको छ ।
आईतवार दगां प्रहरी गण बुटवलको मैदानमा व्याडमिन्टन खेल्ने खेलाडीहरुद्धारा आयोजित प्रतियोगिता र व्याडमिन्टन कोडको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका समादेशक तथा वरिष्ठ प्रहरी उपरिक्षक कमल जिटीले उदघाटन गर्नु भएको हो ।
समूह एमा ८ टिम र समूह बीमा ५ टिम गरि १३ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक सुरज पाण्डेले बताउनु भयो ।
प्रतियोगिताको ए समूहवाट चिरञ्जीवी पाण्डे र जनक चौधरीको समुह प्रथम भएका छन । त्यसैगरि सुरज पाण्डे र रामु केसीको समुह द्धितिय तथा मिन प्रसाद सुवेदी र दिल बहादुर खाम्चाको समुह तृतिय भएका छन ।
समुह बी तर्फवाट कूल बहादुर घम र भिम बहादुर कुवंरको समुह प्रथम भएका छन ।
त्यसै गरि निवन खडका र खम बहादुर खत्रि द्धितिय तथा प्रकाश चापागाई र अशोक मल्लको समुह तृतिय भएका छन ।
प्रतियोगितामा विजेता तथा उप विजेतालाई वरिष्ठ प्रहरी उपरिक्षक कमल जिटी , प्रहरी उपरिक्षक भोज जंग शाह र सशस्त्र प्रहरी नायव उपरिक्षक निवन खडकाले सम्युक्त रुपमा शिल्ड तथा मेडल प्रदान गर्नु भएको प्रमुख रेफि यमलाल भुसालले बताउनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.