अमेरिकामा भएको दुर्घटनामा चार जना नेपालीको मृत्यु

कार्तिक २२, काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा भएको दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा ६१ वर्षीय चिरञ्जीवी खनाल, उहाँकी श्रीमती ६१ वर्षीया जीवमञ्जरी शर्मा खनाल, २८ वर्षीया रिचा पन्त र २९ वर्षीया प्रतिमा सुवेदी रहेको जर्जिया डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीलाई उद्धृत गर्दै स्थानीय अनलाइन डब्लूटीभीएमले जनाएको छ ।

घटनामा ३६ वर्षीय समीर खनाल र उनका भाइ घाइते भएका छन् । मालबाहक ट्रकसँग ठोक्किएर स्थानीय समयअनुसार शुक्रबार राति करिब ९ बजे दुर्घटना भएको हो । मृतक चारैजना कारको पछिल्लो सिटमा थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.